Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

तीनबुँदे माग राख्दै रेलवे प्रभावितले दिए आन्दोलनमा उत्रने चेतावनी


काठमाडौं। रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ ।

सोमबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा(इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरिएको समिति महासचिव रञ्जित प्रसाईँले बताएका छन्।

त्यस्तै, समितिले आफूहरूले उठाएको माग पूरा नगरे रेल्वे पीडित तथा प्रभावितहरू अन्य जनमानसलाई साथ लिई कानुनी उपचार तथा संघर्षको कार्यक्रममार्फत आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?