Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

राससबाट अवधी भाषामा समाचार सेवा प्रारम्भ


काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधि राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ ।

त्यस्तै, रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गरेकी छन् । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका सँगको सहकार्यमा अवधि भाषाको समाचार सेवा सुरु गरिएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिए । उनले मातृभाषामा समाचार सम्प्रेषण गरेर राससले राज्यको समावेशी नीतिलाई प्रवर्द्धन गरेको बताए ।

त्यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय २४ मातृभाषा रहेकामा मध्यपश्चिम तराईमा बोलिने अवधि भाषी कूल जनसङ्ख्याको २ दशमलव ९६ प्रतिशत छन् । यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषण गर्दै आएको थियो भने अन्य मातृभाषामा समाचार सेवा सुरु गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग छलफल अगाडि बढाइएको महाप्रबन्धक राईले जानकारी दिए ।

मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने उनको विश्वास रहेको छ ।

मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?