Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

राससबाट अवधी भाषामा समाचार सेवा प्रारम्भ


काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस) ले समाचार सामग्रीको समावेशीकरण र विविधीकरण गर्दै आजदेखि अवधि राष्ट्रिय (मातृभाषा) मा समाचार सेवा प्रारम्भ गरेको छ ।

त्यस्तै, रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त समाचार सेवाको शुभारम्भ गरेकी छन् । सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा आयोजित कार्यक्रममा तीन तहका सरकारको अनुदान र सहकार्य बढाउँदै आगामी दिनमा अन्य राष्ट्रिय भाषामा पनि समाचार सम्प्रेषण गरिने राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका सँगको सहकार्यमा अवधि भाषाको समाचार सेवा सुरु गरिएको राससका महाप्रबन्धक सिद्धराज राईले जानकारी दिए । उनले मातृभाषामा समाचार सम्प्रेषण गरेर राससले राज्यको समावेशी नीतिलाई प्रवर्द्धन गरेको बताए ।

त्यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा एक सय २४ मातृभाषा रहेकामा मध्यपश्चिम तराईमा बोलिने अवधि भाषी कूल जनसङ्ख्याको २ दशमलव ९६ प्रतिशत छन् । यसअघि राससले नेपाली र अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषण गर्दै आएको थियो भने अन्य मातृभाषामा समाचार सेवा सुरु गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग छलफल अगाडि बढाइएको महाप्रबन्धक राईले जानकारी दिए ।

मातृभाषामा सञ्चालित सञ्चारमाध्यम समाचार सामग्रीको अभावमा सङ्कटग्रस्त बन्न पुगेका बेला राससद्वारा सञ्चालित मातृभाषाका समाचार सेवाबाट त्यस्ता सञ्चारमाध्यम लाभान्वित हुने उनको विश्वास रहेको छ ।

मातृभाषाको संवद्र्धन, संरक्षण र विकासमा पनि राससको उक्त सेवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?