Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

व्यवस्थापन र कानुनको डिन तोक्ने तयारीमा गण्डकी विश्वविद्यालय


काठमाडौं। गण्डकी विश्वविद्यालयले चाँडै नै कानुन र व्यवस्थापन संकायको डिन नियुक्त गर्ने तयारी थालेको छ ।

विश्वविद्यालयले कार्यक्रमलाई आधार बनाएर त्यहाँ पढाइ हुने सबै संकायको एउटै डिन नियुक्त गरेको थियो । त्यस्तै, फरक विषयलाई पनि एउटै सङ्कायमा राखेर पढाउँदा विद्यार्थीको प्रमाणपत्र नै अवैधानिक हुनेमात्रै नभएर अन्य विश्वविद्यालयले समकक्षताको मान्यता नै नदिने जोखिम बढेको थियो ।

उक्त विश्वविद्यालयले त्यहाँ पढाइ हुने खेलकुद व्यवस्थापन (बीएसएम) ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) र ब्याचलर्स अफ आर्ट्स ब्याचलर्स अफ ल (बीएलएलबी) लाई पनि ‘विज्ञान तथा प्रविधि’ सङ्कायमै राखेर पढाउँदै आइरहेको छ ।

विश्वविद्यालयका अनुसार तत्काललाई कानुन र व्यवस्थापनको डिन नियुक्ति प्रक्रिया सुरु गर्न प्रशासनबाट स्वीकृत भएर उक्त निर्णय विश्वविद्यालयको न्यायिक परिषदमा पुगिसकेको छ भने न्यायिक परिषदमा विश्वविद्यालयका कुलपति, शिक्षा क्षेत्र हेर्ने प्रदेश सरकारको मन्त्रालयका प्रदेश सचिवसहित विभिन्न क्षेत्रका बौद्धिक तथा प्राज्ञिक व्यक्तित्व १५ जना गरी १७ जना सदस्य रहन सक्ने गण्डकी विश्वविद्यालय ऐन २०७६ ले व्यवस्था गरेको छ ।

उक्त ऐनको परिच्छेद ४ को बुँदा ९ ९ञ० र ९ठ०ले विश्वविद्यालयको आवश्यक सङ्काय तथा शिक्षण संस्थासम्बन्धी व्यवस्था उल्लेख रहेको छ । विश्वविद्यालयकै नियमावलीमा प्रत्येक संकायको फरक(फरक डिन हुनुपर्ने प्रष्ट उल्लेख छ ।

गण्डकी विश्वविद्यालयको ऐन २०७६ को दफा ९ अनुसार प्रत्येक संकायको एक जना डिन हुनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको छ ।


प्रकाशित मिति: २३ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?