Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

हिमालयन रिइन्स्योरेन्सले सोमबारदेखि बजारमा कारोबार गर्ने


काठमाडौं। हालै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर दोस्रो बजार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । कम्पनीको सेयर सूचीकृत भएसँगै सोमबारदेखि बजारमा कारोबार खुल्ने भएको छ भने यसको कोड नाम एचआरएल रहेको छ ।

उक्त कम्पनीको पहिलो कारोबारका प्रतिकित्ता १०३ रुपैयाँ १० पैसादेखि ३०९ रुपैयाँ २० पैसाको बीचमा हुनेछ । सो मूल्य रेञ्जमा रहेर जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्नेछ । पहिलो कारोबार भएको मूल्यपछि दैनिक १० प्रतिशत घट्न वा बढ्न सक्नेछ । त्यस्तै, अधिकतम मूल्यमा कारोबार भएर १० प्रतिशत बढ्न गएमा सोमबार प्रतिकित्ता मूल्य ३४० रुपैयाँसम्म पुग्न सक्नेछ भने प्रिमियमसहित कम्पनीको आइपिओ प्रतिकित्ता २०६ रुपैयाँमा खुलेको थियो ।

त्यस्तै, अङ्कित मूल्य १ सयका दरले कुल १० करोड कित्ता सेयर बजारमा सूचीकृत भएको हो । जसमा ७० प्रतिशत सेयर संस्थापकहरूको र ३० प्रतिशत सेयर साधारण समूहको छ ।

साधारण सेयर लगानीकर्ताको डिम्याट खातामा आइसकेको छ भने यस कम्पनीको आरटीएस सेवा एनएमबी क्यापिटलले प्रदान गर्नेछ ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?