Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त


काठमाडौं। कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रूपेश कोइराला नियुक्त भएका छन् ।

मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई आज दिउँसो १ः४५ बजे उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसादराज भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

मोरङको विराटनगर महानगरपालिका–९ का अधिवक्ता कोइराला प्रजातान्त्रिक कानून व्यवसायी संघ मोरङका पूर्वसभापति तथा हालका सल्लाहकार समेत हुन् ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?