Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई‘श्रीपती समाजसेवा पुरस्कार’


कास्की। पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति श्रीपती समाज सेवा पुरस्कार– २०८० बाट पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित सो पुरस्कार विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समर्पित समितिलाई शनिबार अर्पण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गरे ।

त्यस्तै, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति प्रमुख शक्तिपीठहरूमध्येमा पर्दछ । उक्त समितिले मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा काम गरिरहेको छ भने सो समितिले बहुउद्देश्यीय सत्सङ्ग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यावासिनी बौद्धिक विद्याश्रम, विभिन्न देवीदेवताका मठमन्दिर निर्माण गरेको छ ।

त्यसैगरी विन्ध्यवासिनी गुरुकूल विद्याश्रम निःशुल्क आवासीयरूपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रको रूपमा दिवा सेवासमेत सञ्चालनमा छ भने प्राकृतिक चिकित्सालय, एम्बुलेन्स सेवा तथा शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिक मन्दिर दर्शनका लागि विद्युतीय भर्याङ राखेर समाज सेवा गरेका कारण समितिलाई पुरस्कृत गरिएको गुठीका सदस्यसचिव नवराज कोइरालाले बताए ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?