Trending
>>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

विन्ध्यवासिनी धार्मिक क्षेत्रलाई‘श्रीपती समाजसेवा पुरस्कार’


कास्की। पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति श्रीपती समाज सेवा पुरस्कार– २०८० बाट पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित सो पुरस्कार विन्ध्यवासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समर्पित समितिलाई शनिबार अर्पण गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोइरालालगायतले समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्यसचिव तीर्थ श्रेष्ठलाई नगद रु दुई लाख २२ हजार दुई सय २२ ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गरे ।

त्यस्तै, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति प्रमुख शक्तिपीठहरूमध्येमा पर्दछ । उक्त समितिले मन्दिरको संरक्षण, विकास, विस्तार र सौन्दर्यकरणमा काम गरिरहेको छ भने सो समितिले बहुउद्देश्यीय सत्सङ्ग भवन, विन्ध्यवासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञमण्डप र पूजामण्डप, विन्ध्यावासिनी बौद्धिक विद्याश्रम, विभिन्न देवीदेवताका मठमन्दिर निर्माण गरेको छ ।

त्यसैगरी विन्ध्यवासिनी गुरुकूल विद्याश्रम निःशुल्क आवासीयरूपमा सञ्चालन गर्नुका साथै ज्येष्ठ नागरिक सेवा केन्द्रको रूपमा दिवा सेवासमेत सञ्चालनमा छ भने प्राकृतिक चिकित्सालय, एम्बुलेन्स सेवा तथा शारीरिक असक्षमता भएका नागरिक र ज्येष्ठ नागरिक मन्दिर दर्शनका लागि विद्युतीय भर्याङ राखेर समाज सेवा गरेका कारण समितिलाई पुरस्कृत गरिएको गुठीका सदस्यसचिव नवराज कोइरालाले बताए ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माइती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?