दमौली,तनहुँ। राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ आएका छन् ।
भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी यहाँ आएका हुन् । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी लगायतले स्वागत गरे ।
राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि यहाँ आएका थिए ।
प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार