Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने


काठमाडौं।  कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ ।

उक्त समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बिहीबार पत्रकारसँग कुरा गर्दै चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको सङ्गमस्थल गोलाघाटमा महोत्सवकै रुपमा पर्व मनाउने निर्णय भएको जानकारी दिएका छन् ।

त्यस्तै, उत्सवमा सांस्कृतिक कार्यक्रमसहित मौलिक वेशभूषा प्रदर्शन हुने जनाइएको छ भने आफ्नो मौलिक घर, पाहुनाको स्वागत÷सत्कारका चाल÷चलनलाई पनि प्रदर्शन गरेर मौलिक संस्कृतिलाई प्रवद्र्धन र प्रदर्शन गरिने अध्यक्ष कुमालले बताए ।

उक्त महोत्सवकै रुपमा मनाउन लागिएको पर्वमा प्रदर्शनी कक्षसमेत राखेर कुमाल समुदायको मौलिक संस्कृति प्रदर्शन गरिने छ । अध्यक्ष कुमालका अनुसार उनीहरुले माघे सङक्रान्ति दसैँ, तिहारभन्दा पनि ठूलो पर्वको रुपमा लिने गर्छन् । उनले भने, “अरु समुदायको पर्वलाई राज्यले सम्बोधन गरेको तर कुमाल समुदायको पर्वलाई सम्बोधन नगरेकाले प्रधानमन्त्रीलाई नै सहभागी गराएर कुमालको पनि माघे सङ्क्रान्ति छ भनेर देखाउने र राजपत्रमा सम्बोधनका लागि पहल गर्न कार्यक्रम गरिएको हो ।”

त्यस्तै, कुमाल समुदाय देशका ७० जिल्लामा एक लाख ३० हजार हाराहारीमा रहेका जनाइएको छ । थर बदल्ने कारणले कुमाल समुदाय कम भएको उनीहरु बताउँछन् । उक्त कार्यक्रममा ७० जिल्लाबाट छ हजार मानिस सहभागी हुने बताइएको छ भने सो महोत्सवमा कुमाल समुदायको मौलिक घर, खाना, वेशभूषा, नृत्य र राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहने गरी तयारी भइरहेको छ ।

कुमाल समुदायले संस्कृति संरक्षणका लागि पहिलोपटक उक्त कार्यक्रम गर्न लागेको हो ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?