Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पनि सहभागी


काठमाडौं। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सहभागी भएका छन् ।

त्यस्तै, सिंहदरवार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । दुई पटकसम्म जारी गरेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक नआएर कानुन बन्न सकेको थिएन ।

त्यो अध्यादेशले खडा गरेको कानुनी रिक्तता पूर्ति गर्न वर्तमान सरकारले छुट्टै विधेयक ल्याएको छ । त्यो विधेयकमाथिको दफावार छलफल आजबाट राज्यव्यवस्था समितिको बैठकमा सुरु भएको छ ।

उक्त समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने भएको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?