Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पनि सहभागी


काठमाडौं। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पनि सहभागी भएका छन् ।

त्यस्तै, सिंहदरवार स्थित कृषि समितिको हलमा जारी बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि दुई पटकसम्म संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । दुई पटकसम्म जारी गरेको अध्यादेश प्रतिस्थापन गर्ने विधेयक नआएर कानुन बन्न सकेको थिएन ।

त्यो अध्यादेशले खडा गरेको कानुनी रिक्तता पूर्ति गर्न वर्तमान सरकारले छुट्टै विधेयक ल्याएको छ । त्यो विधेयकमाथिको दफावार छलफल आजबाट राज्यव्यवस्था समितिको बैठकमा सुरु भएको छ ।

उक्त समितिको अर्को बैठक आगामी आइतबार ११ बजे बस्ने भएको छ ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?