Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नारायणहिटीबाट गणतन्त्र स्मारक हटाउने माधव नेपालको प्रस्ताव


काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको गणतन्त्र स्मारक हटाउनुपर्ने बताएका छन् ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा नेपालले नारायणहिटीमा नेपालको इतिहासदेखि राजतन्त्रको अन्त्यसम्मका सामग्री र विषयवस्तु राख्नुपर्ने बताएका हुन् । त्यसले नारायणहिटी नेपालमा शासन गर्ने गोपालवंशी, महिसपाल, सेन वंशी, मल्ल वंशी, राणा, शाहबारे अध्ययन गर्ने स्थल हुने उनले बताए ।

नेता नेपालले भने, ‘संसारमा नेपालको इतिहास अध्ययन गर्नेहरुका लागि पनि एकै ठाउँमा उनीहरुले हेरेर ठूलाठूला थेसिस लेख्न र तयार गर्न सक्छन् ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले गणतन्त्र संग्राहलय वा स्मारक छुट्टै बनाउनुपर्ने बताएका छन् ।

 


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?