Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकियो, साँझ र भोली बिहान थप छलफल गर्ने


काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको ४ दलको बैठकमा सीट बाँडफाँटका विषयमा छलफल भए पनि कुनै निष्कर्ष निस्कन नसकेको हो । सो बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच आन्तरिक छलफल गरेर पुन गठबन्धनको बैठक बस्ने जानकारी दिएका छन् ।

उनले भने, ‘राष्ट्रियसभाको विषयमा छलफल भएको छ । त्यसमा थप छलफल बाँकी छ । अर्को बैठक आज साँझ वा भोलि बिहान बस्ने गरी हामी उठेका छौँ ।’

त्यस्तै, सत्ता गठबन्धनबीच राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा मात्रै छलफल भए पनि एमालेसँग भने समसामयिक राजनीतिक विषयमा समेत छलफल भइरहेको उनले बताएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन आफ्नो दललाई शून्य नबनाउन एमालेले आग्रह गरेपछि सिट व्यवस्थापनका विषयमा गठबन्धनबीच छलफल भइरहेपनि कुनै निष्कर्ष आउन सकेको छैन भने एमालेले सिट मागेपछि संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई एमालेले सघाउनुपर्ने गठबन्धनको सर्त छ ।

आगामी माघ ११ गते रिक्त हुन लागेका १९ सिटका लागि राष्ट्रियसभाको निर्वाचन हुँदै छ । त्यसका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको निर्वाचन कार्यतालिका रहेको छ ।


प्रकाशित मिति: १९ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?