Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

कात्नेखोला सुरक्षित खानेपानीयुक्त वडा


रुकुमपूर्वको भूमे गाउँपालिका–२ सुरक्षित खानेपानीयुक्त वडा घोषणा भएको छ ।

भूमे गाउँपालिकामा रहेको पानीको गुणस्तर परीक्षण टोलीले निरन्तर गरेको जाँचका आधारमा पानीमा इकोली तथा कोलिफर्मजस्ता कीटाणु नपाइएकाले उक्त क्षेत्रलाई सुरक्षित खानेपानीयुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । ‘एक घर, एक धारा’ रहेको वडाको कात्नेखोलामा करिब ६५ घरधुरीले प्रयोग गर्ने पानीमा कुनै कीटाणु नपाइएपछि सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।

भूमे गाउँपालिकाको यो पहिलो क्षेत्रका रूपमा वडा नं २ को कात्नेखोलालाई पहिलो सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो ।


प्रकाशित मिति: १९ पुष २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?