Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

गणतन्त्रवादीहरू एक छौँ, हामी राजतन्त्र फर्काउन दिँदैनौँः अध्यक्ष ओली


‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ — एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् ।

‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन्, तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्‍यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’

त्यस्तै, मेलमिलाप दिवसको सन्दर्भमा सोमबार काठमाडौंमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा जन्मिँदै शासक हुने सिद्धान्त र सामन्दवादको कुनै अवशेष बाँकी नरहेको बताएका छन् ।

त्यसैगरी, कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताए । ‘यो त निश्चित छ कि हामी राजतन्त्र फर्काउन दिँदैनौँ, यो त खुलस्त कुरा हो, हामी भेट भए पनि, नभए पनि यो त प्रस्टै छ,’ ओलीले भने, ‘राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन ।’

उनले देशमा सुशासन, शान्ति, विकास र राष्ट्रियताको पक्षमा सबै दलहरूबीच मेलमिलाप हुनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?