Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मिसन–८४ हैन, भिजन–९४ सुरु गरौँ:  महामन्त्री शर्मा


भक्तपुर। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन् ।
त्यस्ते, आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म के काम गर्न सकिन्छ भनेर विकासको खाका तयार गरी कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड र्दिए ।
उक्त अवसरका पदमा पटकपटक दोहोरिने परम्परा अब अन्त्य गर्नुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले भने, “पटकपटक एउटै पदमा एउटै व्यक्ति दोहोरिने परम्परा हटाउनैपर्छ, राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चारपटकभन्दा बढी दोहोरिन दिन हुँदैन ।”
संविधान सहमतिको साझा दस्तावेज भएको उल्लेख गर्दै उनले दलबीचको सहकार्यले शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानप्रति अपनत्वको दायरा बढाउँदै सम्मुन्नतिको यात्रामा लम्कनुपर्नेमा जोड दिएका छन् ।
महामन्त्री शर्माले ठूलो जनसङ्ख्याका कारण नेपाली विदेश जाने अवस्था रोक्न र विदेशमा रहेका नेपाली तत्काल फर्क भन्ने अवस्था नरहेकाले वैदेशिक रोजगारीको मर्यादा अभिवृद्धि गर्नुपर्नेमा समेत जोड दिएका छन्।

प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?