Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी ११ माघमा हुने निर्वाचनका लागि हेटौँडामा सोमबार कार्यालय स्थापना गरिएको हो ।

उक्त निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका-५ मा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको हो । त्यस्तै, सात प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ। जसमध्ये बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लस्टर) का गरी राष्ट्रिय सभा सदस्यमा चारजना सदस्य निर्वाचित हुनेछन्।

त्यसैगरी, मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमती प्रदेशमा एक सय १० जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन्।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?