Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

हेटौँडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडौं। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी ११ माघमा हुने निर्वाचनका लागि हेटौँडामा सोमबार कार्यालय स्थापना गरिएको हो ।

उक्त निर्वाचन अधिकृतको कार्यालय हेटौँडा उपमहानगरपालिका-५ मा रहेको बागमती प्रदेश निर्वाचन कार्यालयमा स्थापना गरिएको हो । त्यस्तै, सात प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने रिक्त २० जना सदस्यमध्ये १९ जनाका लागि निर्वाचन हुनेछ। जसमध्ये बागमती प्रदेशबाट विभिन्न क्षेत्र (क्लस्टर) का गरी राष्ट्रिय सभा सदस्यमा चारजना सदस्य निर्वाचित हुनेछन्।

त्यसैगरी, मुख्य निर्वाचन अधिकृत महेन्द्रबहादुर कार्कीका अनुसार बागमती प्रदेशमा एक सय १० जना प्रदेश सभा सदस्य र दुई सय ३७ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन्।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?