Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उहानले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उनले आयोगले घटनाको सबै पक्षमा छानबिन गर्ने विश्वास दिलाएका छन् ।

“उक्त घटना अनपेक्षित र दुःखद् घटना हो, दोषीलाई कारबाही हुन्छ । यसप्रकारका घटना नदोहारिन सरकार तयार र थप जिम्मेवार छ”, उनले भने, “आयोगले विस्तृत अनुसन्धान गर्नेछ, आयोगको सिफारिस कार्यान्वयन गरिनेछ ।”

उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्ने बारेमा समेत सरकार परामर्शमा रहेको बताएका छन्। “मृतकका परिवारलाई जनही रु १० लाख दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ”, उनले भने।

मृतकका परिपवारलाई योग्यताअनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?