Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

पैसा दिएर मान्छे मार्नेलाई लिगलाइज गर्ने काम बन्द गरौँ : राजेन्द्र पाण्डे


काठमाडौं। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले केही रकम दिएर मार्नेलाई लिगलाइज गर्ने काम बन्द गर्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बालकुमारी घटनामा मारिएका युवाको परिवारलाई स्थायी रूपमा व्यवस्थापन गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘त्यहाँ रेगुलर आन्दोलन भइरहेको सरकारलाई थाहा थियो । त्यत्रो घटना भएको कसैलाई थाहा हुँदैन ? ललितपुरको सिडिओ र पुलिसलाई थाहा छैन? काठमाडौँ प्रहरीलाई थाहा छैन ? गृहमन्त्री, मन्त्रालयलाई थाहा छैन? राष्ट्रिय अनुसन्धानलाई थाहा छैन ?’

पाण्डेले त्यो घटनालाई ख्यालख्याल ठान्दा दुर्घटना भएको टिप्पणी गरेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?