Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

माइतीघरको निषेधाज्ञा तत्काल हटाउन गगनको आग्रह


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् ।

आज सोमवार सिंहदरवारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गरे ।

उनले भने, ‘माइतीघरको निषेधित क्षेत्र हटाइदिनुस् । यसको पनि कारण छ । हेर्दा सामान्य लाग्छ । आज धोती जुलुस भयो, पोल्टिकल स्टेटमेन्ट हो । उनीहरूले सरकारले सुन्छ भनेर माइतीघरमा देखाउन खोज्नुभएको हो । हिजो हामीले त्यही गरेको हो, तर अहिले माइतीघरलाई निषेधित क्षेत्र बनाइसकेपछि बल प्रयोग गर्नुपरेको छ । लोकतन्त्रमा माइतीघरलाई एउटा ठाउँ बनाएको हो । माइतीघरमा निषेधाज्ञाको औचित्य छैन, तत्काल खारेज गर्न अनुरोध गर्छु ।’

उक्त बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाहीका कारण भएको बताए । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाह भएको उनले बताए । लापर्बाह गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उनको भनाइ रहेको छ ।

थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए । उनले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाह भएको समेत बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?