Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ आज समापन हुँदै


काठमाडौं। संगठन सशक्तीकरणका लागि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज सकिँदै छ ।

गएको भदौ १६ गतेदेखि चार महिनासम्म सञ्चालन भएको अभियानअन्तर्गत माओवादी केन्द्रले सातै प्रदेशका ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडासम्म अभियान सञ्चालन गरेको हो भने सोमबार चार महिनासम्म चलेको अभियानको समीक्षा गर्दै अभियानको समापन गर्ने कार्यक्रम रहेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार आज अभियानको अन्तिम दिन सम्बन्धित कमिटीहरूले बैठक, भेला बोलाउने र अभियानको समीक्षा गर्नेछन् । माओवादीको साउनमा बसेको बैठकले तीन महिनासम्म मात्रै अभियान सञ्चालन गर्ने योजना बनाए पनि मंसिर १६ मा जनताको समर्थन रहेको भन्दै थप एक महिना लम्ब्याउने निर्णय गरेको थियो ।

त्यस्तै, अभियानको अवधिमा पार्टीका सबै तहका कमिटीको बैठक, प्रशिक्षण र भेला लगायतका गतिविधि भएका छन् भने जिल्ला र पालिकास्तरमा पार्टीका नेताहरू खटिएर संगठनमा जागरण भर्ने काम गरेका छन् । सो अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नै स्थानीय तह र वडास्तरका कार्यक्रममा समेत सहभागी भएर सम्बोधन गरेका थिए ।

उक्त पार्टीले एक पालिकामा कम्तिमा एक जना नेता खटाउने निर्णय नै गरेको थियो भने देशभर माओवादीका ७ लाख ५२ हजार ९५६ जना सदस्य रहेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?