Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ आज समापन हुँदै


काठमाडौं। संगठन सशक्तीकरणका लागि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज सकिँदै छ ।

गएको भदौ १६ गतेदेखि चार महिनासम्म सञ्चालन भएको अभियानअन्तर्गत माओवादी केन्द्रले सातै प्रदेशका ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडासम्म अभियान सञ्चालन गरेको हो भने सोमबार चार महिनासम्म चलेको अभियानको समीक्षा गर्दै अभियानको समापन गर्ने कार्यक्रम रहेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनका अनुसार आज अभियानको अन्तिम दिन सम्बन्धित कमिटीहरूले बैठक, भेला बोलाउने र अभियानको समीक्षा गर्नेछन् । माओवादीको साउनमा बसेको बैठकले तीन महिनासम्म मात्रै अभियान सञ्चालन गर्ने योजना बनाए पनि मंसिर १६ मा जनताको समर्थन रहेको भन्दै थप एक महिना लम्ब्याउने निर्णय गरेको थियो ।

त्यस्तै, अभियानको अवधिमा पार्टीका सबै तहका कमिटीको बैठक, प्रशिक्षण र भेला लगायतका गतिविधि भएका छन् भने जिल्ला र पालिकास्तरमा पार्टीका नेताहरू खटिएर संगठनमा जागरण भर्ने काम गरेका छन् । सो अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नै स्थानीय तह र वडास्तरका कार्यक्रममा समेत सहभागी भएर सम्बोधन गरेका थिए ।

उक्त पार्टीले एक पालिकामा कम्तिमा एक जना नेता खटाउने निर्णय नै गरेको थियो भने देशभर माओवादीका ७ लाख ५२ हजार ९५६ जना सदस्य रहेका छन् ।


प्रकाशित मिति: १६ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?