Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध


काठमाडौं। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । त्यस्तै, पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए ।

उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको र सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको समेत सिंहले बताए ।

सभामुखका प्रेस सल्लाहकार चेतन अधिकारीले सभामुखकै कामका लागि मैतीदेवी पुगेर फर्किएको र उक्त गाडीसँग पास रहेको बताएका छन् । ‘आज बोक्न विर्सनु भएको रहेछ, तर सभामुखको काममा सार्वजनिक विदाको दिन चलाउने पास छ’, अधिकारीले भने ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?