Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

कोसीमा थप तीन उद्योगको विद्युत् कटौती


काठमाडौं। कोसी प्रदेशमा विद्युत् उपयोग गरेबापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत् प्रसारण कटौती गरिएको छ ।

विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका झाका अनुसार लामो समयदेखि विद्युत् उपभोग र प्रिमियम सहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाइन काटिएको हो ।

प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलो चरणमा सुनसरीको रियलान्यसको विद्युत् काटेको हो ।
मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको बताइएको छ ।

त्यस्तै, निर्देशनालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको छ ।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?