Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कोसीमा थप तीन उद्योगको विद्युत् कटौती


काठमाडौं। कोसी प्रदेशमा विद्युत् उपयोग गरेबापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत् प्रसारण कटौती गरिएको छ ।

विराटनगरस्थित नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका झाका अनुसार लामो समयदेखि विद्युत् उपभोग र प्रिमियम सहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाइन काटिएको हो ।

प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलो चरणमा सुनसरीको रियलान्यसको विद्युत् काटेको हो ।
मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको बताइएको छ ।

त्यस्तै, निर्देशनालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको छ ।

 


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?