Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य होः अध्यक्ष तिमिल्सिना


काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ‘तमु ल्होसार’ जस्ता पर्वहरू राष्ट्रको अमूल्य निधि भएको उल्लेख गर्दै यस्ता पर्वले विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

उनले भनेका छन्, ‘यी र यस्ता अन्य पर्वहरूले नेपालको विविधतामा एकता कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । यस्ता अमूल्य निधिहरूलाई नेपालको आर्थिक–सामाजिक रूपान्तरणमा उपयोग गर्नु आजको आवश्यकता हो । मुलुकभित्र रहेका यस्ता विविधता हाम्रो विकास र समृद्धिका लागि अवसर पनि हुन्। तसर्थ, मौलिक चाडपर्व र परम्पराको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।’

आज गुरुङ समुदायको नयाँ वर्ष एवं महान् पर्व ‘तमु ल्होसार–२०८०’ को अवसरमा शुभकामना दिँदै अध्यक्ष तिमिल्सिनाले पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्नमा योगदान पुर्‍याएको बताएका हुन् ।


प्रकाशित मिति: १५ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?