Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

भारतीय विदेश मन्त्री जयशंकर १९ गते नेपाल आउँदै


काठमाडौं। भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउने भएका छन् । भारतीय वायुसेनाको विशेष विमानबाट उनीहरु १९ गते बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।

उनीसँग भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तरर्गत सीमा व्यवस्थापन हेर्न अधिकारीहरू समेत आउने भएका हुन् ।

त्यस्तै, विदेशमन्त्री जयशंकारको स्वागतका लागि विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्त जाने बताइएको छ । त्यही दिन परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गर्नुको साथै नेपाल भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी हुनेछन् । यस्तै उनले अन्य नेता, सांसदलगायतसँग परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रि भोजमा सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

त्यसैगरी, पुस २० गतेसम्म नेपालमा रहने मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलागयतसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री जयशंकरको यो भ्रमणको क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा हस्ताक्षर हुने तयारी भइरहेको छ भने भैरहवा एयरपोर्टबाट भारतका लागि पनि उडान गर्ने लगायतका विषयमा छलफल हुने समेत बताइएको छ ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?