Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

भारतीय विदेश मन्त्री जयशंकर १९ गते नेपाल आउँदै


काठमाडौं। भारतीय विदेश मन्त्री एस जयशंकर पुस १९ गते नेपाल आउने भएका छन् । भारतीय वायुसेनाको विशेष विमानबाट उनीहरु १९ गते बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने स्रोतले जनाएको छ ।

उनीसँग भारतीय विदेश सचिव विनय मोहन क्वात्रा, नेपाल डेस्क हेर्ने सहसचिव अनुराग श्रीवास्तव, भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिंदम बागची, विदेश मन्त्रालयअन्तरर्गत सीमा व्यवस्थापन हेर्न अधिकारीहरू समेत आउने भएका हुन् ।

त्यस्तै, विदेशमन्त्री जयशंकारको स्वागतका लागि विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्त जाने बताइएको छ । त्यही दिन परराष्ट्र मन्त्री एनपी साउदसँग भेटघाट गर्नुको साथै नेपाल भारत संयुक्त आयोगको बैठकमा उनी सहभागी हुनेछन् । यस्तै उनले अन्य नेता, सांसदलगायतसँग परराष्ट्र मन्त्रालयले आयोजना गर्ने रात्रि भोजमा सामूहिक भेटघाट गर्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

त्यसैगरी, पुस २० गतेसम्म नेपालमा रहने मन्त्री एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलागयतसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

मन्त्री जयशंकरको यो भ्रमणको क्रममा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने विषयमा हस्ताक्षर हुने तयारी भइरहेको छ भने भैरहवा एयरपोर्टबाट भारतका लागि पनि उडान गर्ने लगायतका विषयमा छलफल हुने समेत बताइएको छ ।

 


प्रकाशित मिति: १३ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?