Trending
>>   नवनिर्वाचित सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ >>   कानून मन्त्रालयमा फाईल अड्किने गरेको गुनासो छ, कार्यतालिका बनाएर काम गर्नूस्ः मन्त्री सिन्हा >>   डिजिटलाइजेशनमार्फत संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्छौँः रास्वपा सांसद झा >>   बलियो अर्थतन्त्र निर्माण र गरिबी निवारणका विषयमा संसदमा प्रभावकारी भुमिका खेल्छौँः एमाले सांसद थेवे >>   महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन >>   चैते दशैँको अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनको घुइँचो >>   इरानको अस्वीकारका बाबजुद वार्ता जारी रहेको ट्रम्पको दाबी >>   असामान्य स्थितिलाई समान्यकरण गर्दै निर्वाचन गराउनु कम चुनौतिपूर्ण थिएनः प्रधानमन्त्री >>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा
Logo
१२ चैत्र २०८२, बिहीबार
१२ चैत्र २०८२, बिहीबार

ज्येष्ठ नागरिकहरूको संरक्षणमा संवेदनशील बनौँ : मन्त्री आचार्य


काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकायहरू संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौं आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘जनसाङ्ख्यिक परिवर्तन, बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा चुनौतीहरू थपिएका छन् । यस्ता चुनौतीहरूको सामना गर्न संवेदनशील बन्न आवश्यक छ । ’ज्येष्ठ नागरिकबाट हस्तान्तरण हुने ज्ञान र अनुभवले युवा पुस्तालाई इतिहास, संस्कृति र सभ्यतालाई जोगाइराख्न ऊर्जा हुने उनले बताए ।

त्यसैगरी, ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरू सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा तथा सेवा सुविधामा प्राथमिकता छुट एवम् सहुलियत प्रदान गर्ने कार्य प्रभावकारी रहेको भनाइ उनले राखेका थिए ।

ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिएका विभिन्न सुविधा र सहुलियतहरूको अवस्था अनुगमन गरी कार्यान्वयनको सुनिश्चितताका लागि मन्त्रालय सधैँ प्रयत्नशील रहेको उनले बताए । अझ कार्यान्वयन उन्मुख बनाउन प्रभावकारी संयन्त्र परिचालन गर्ने समेत उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?