Trending
>>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन >>   मधेसको खानेपानीको समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैनः प्रधानमन्त्री
Logo
७ श्रावण २०८२, बुधबार
७ श्रावण २०८२, बुधबार

ज्येष्ठ नागरिकहरूको संरक्षणमा संवेदनशील बनौँ : मन्त्री आचार्य


काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले ज्येष्ठ नागरिकहरूको संरक्षणमा राज्यका सबै निकायहरू संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौं आयोजित तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा नयाँ चुनौतीहरू थपिदै गएको भन्दै उनले संरक्षणमा राज्यका सबै निकाय संवेदनशील बन्न आवश्यक रहेको बताएका छन् ।

उनले भने,‘जनसाङ्ख्यिक परिवर्तन, बसाइसराई वैदेशिक रोजगारी जस्ता कारणहरूले ज्येष्ठ नागरिकहरूको संरक्षणमा चुनौतीहरू थपिएका छन् । यस्ता चुनौतीहरूको सामना गर्न संवेदनशील बन्न आवश्यक छ । ’ज्येष्ठ नागरिकबाट हस्तान्तरण हुने ज्ञान र अनुभवले युवा पुस्तालाई इतिहास, संस्कृति र सभ्यतालाई जोगाइराख्न ऊर्जा हुने उनले बताए ।

त्यसैगरी, ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चितताका लागि नेपाल सरकारले सञ्चालन गरेका विभिन्न कार्यक्रमहरू सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य बिमा तथा सेवा सुविधामा प्राथमिकता छुट एवम् सहुलियत प्रदान गर्ने कार्य प्रभावकारी रहेको भनाइ उनले राखेका थिए ।

ज्येष्ठ नागरिकहरूलाई प्रदान गरिएका विभिन्न सुविधा र सहुलियतहरूको अवस्था अनुगमन गरी कार्यान्वयनको सुनिश्चितताका लागि मन्त्रालय सधैँ प्रयत्नशील रहेको उनले बताए । अझ कार्यान्वयन उन्मुख बनाउन प्रभावकारी संयन्त्र परिचालन गर्ने समेत उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?