Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एकीकृत समाजवादीको नेतृत्व चयनका लागि बाँडियो प्रश्नपत्र


काठमाडौं। नेकपा एकीकृत समाजवादीले पार्टीको विधान संशोधनका लागि केन्द्रीय कमिटीको बैठकबाट सुझाव लिने भएको छ । आजबाट सुरु हुने बैठकमा विधान संशोधनको लागि नेताहरूसँग ११ वटा प्रश्न तयार पारेरै सुझाव लिन लागेको हो।

उक्त महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय सङ्गठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने, केन्द्रीय समिति कति सदस्यीय बनाउने लगायतको ११ प्रश्न तयार पारेको छ भने नेताहरूको बुझाइको आधारमा आगामी महाधिवेशनबाट नेतृत्व चयन गर्ने नेकपा एसको तयारी रहेको छ । त्यसैगरी, विधान संशोधनका लागि नेकपा एसले आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताएका छन् । देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थिति बैठकमा छलफल हुनेछ ।

सो बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्नेछ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?