Trending
>>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू >>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना
Logo
४ पुष २०८२, शुक्रबार
४ पुष २०८२, शुक्रबार

सम्पर्कविहीन २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्याद बाहेक सम्पर्कविहीन २१ जना प्रहरी कर्मचारीलाई सात दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । सूचनामा कार्यालयमा अनुपस्थित रहनुको कारण खुलाइ हाजिर हुन भनिएको छ ।

तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाइने उल्लेख गरिएको छ ।


प्रकाशित मिति: ११ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?