Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

एकीकृत घुम्ती शिविरबाट चार सयबढी लाभान्वित


खोटाङ। दिक्तेलको रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा आयोजना गरिएको एकदिने एकीकृत घुम्ती शिविरमा चार सय ७७ जना स्थानीय लाभान्वित भएका छन् ।

त्यसैगरी अब नागरिकलाई स्थानीय सरकारको महसुस गराउनेगरी नगरपालिकाका १५ वटै वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ भने खार्मीमा आयोजना गरिएको एकीकृत घुम्ती शिविरको अवधि थोरै भएकाले सबैले सेवा लिन नपाएकाले सबै वडामा शिविर सञ्चालन हुन लागेको हो ।

उक्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र बालसेवा समाजले आयोजना गरेको शिविरमा ९५ जना जेष्ठ नागरिकलाई जेष्ठ नागरिक परिचयपत्र, ४० जनालाई नागरिकता प्रदान गर्न सिफारि, ४२ जनाको मिर्गौला परीक्षण, ११ जनालाई अपाङ्गता परिचयपत्र वितरण, ४९ वटा कुकुरलाई रेबिज भ्याक्सिन, सात जना कृषकको माटो परीक्षण तथा दुई सय ३३ जना कृषकलाई पशुचौपायका लागि आवश्यक पर्ने औषधि वितरण गरिएको हो ।


प्रकाशित मिति: १० पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?