Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बोलायो बैठक


काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ । उक्त समितिको बैठक बुधवारका लागि डाकिएको हो ।

सो बैठकमा छलफलका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई बोलाइएको समितिले जनाएको छ । यसअघि असोज २६ मा बसेको समितिको बैठकमा टेरामक्स प्रविधिको खरिद र दूरसञ्चार कम्पनीहरूको लगातार घट्दै गइरहेको आम्दानी सम्बन्धमा नायव महालेखापरीक्षक, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकसँग छलफल भएको थियो ।

त्यसैगरी, समितिले नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरू (इन्टरनेट सेवा प्रदायक समेत)ले राज्यलाई तिर्न बाँकी कुनै पनि प्रकारको राजस्व ३ महिनाभित्र अनिवार्यरुपमा कानुन बमोजिम असुल उपर गर्न, गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै समितिले प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्म भएका कागजात एवं निर्णयको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

त्यस्तै, टेरामक्स प्रणाली खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ भने फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने विवादास्पद टेरामक्स प्रणाली खरिद गर्ने दूरसञ्चार प्राधिकरणको निर्णयमाथि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धान गरिरहेको हो ।

सरकारका मन्त्री तथा उच्चअधिकारीहरु समेत संलग्न रहेको आशङ्कामा अख्तियारले उनीहरू माथि पनि अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?