Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बोलायो बैठक


काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिले टेरामक्स खरिद सम्बन्धमा छलफल गर्न बैठक बोलाएको छ । उक्त समितिको बैठक बुधवारका लागि डाकिएको हो ।

सो बैठकमा छलफलका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षलाई बोलाइएको समितिले जनाएको छ । यसअघि असोज २६ मा बसेको समितिको बैठकमा टेरामक्स प्रविधिको खरिद र दूरसञ्चार कम्पनीहरूको लगातार घट्दै गइरहेको आम्दानी सम्बन्धमा नायव महालेखापरीक्षक, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशकसँग छलफल भएको थियो ।

त्यसैगरी, समितिले नेपालमा रहेका दूरसञ्चार सेवा प्रदायकहरू (इन्टरनेट सेवा प्रदायक समेत)ले राज्यलाई तिर्न बाँकी कुनै पनि प्रकारको राजस्व ३ महिनाभित्र अनिवार्यरुपमा कानुन बमोजिम असुल उपर गर्न, गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो । उक्त टेरामक्स प्रविधि खरिद प्रक्रियाका सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै समितिले प्रविधि खरिद प्रक्रियाको प्रारम्भदेखि अहिलेसम्म भएका कागजात एवं निर्णयको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो ।

त्यस्तै, टेरामक्स प्रणाली खरिदको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ भने फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने विवादास्पद टेरामक्स प्रणाली खरिद गर्ने दूरसञ्चार प्राधिकरणको निर्णयमाथि भ्रष्टाचार भएको आशङ्कामा अख्तियारले अनुसन्धान गरिरहेको हो ।

सरकारका मन्त्री तथा उच्चअधिकारीहरु समेत संलग्न रहेको आशङ्कामा अख्तियारले उनीहरू माथि पनि अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?