Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका रहेको छ: मुख्यमन्त्री कार्की   


विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन् ।
मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरुको भूमिका रहने स्पष्ट गरेका हुन्
 ।
त्यस्तै, मुख्यमन्त्री कार्कीले यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासङ्घसँग आग्रह समेत गरेका छन् । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सङ्घीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, “सङ्घले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्नु भनेको प्रदेशका जनतालाई सेवा, सुविधा र उनीहरुले प्राप्त गर्न पाउने लाभबाट बञ्चित गर्न खोज्नु जस्तो हो ।” प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासङ्घको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाल पत्रकार पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको नेतृत्वमा पत्रकारहरु मुख्यमन्त्री निवास पुगेका थिए ।

प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?