Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

प्रदेशलाई अधिकार सम्पन्न बनाउन पत्रकारको अहम् भूमिका रहेको छ: मुख्यमन्त्री कार्की   


विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन र संविधान कार्यान्वयनका लागि पत्रकारको अहम् भूमिका रहेको बताएका छन् ।
मुख्यमन्त्री निवासमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश कार्यसमितिसँग आज भएको भेटघाट एवं छलफलमा उनले प्रदेश सरकारले प्रादेशिक सरकारको दोस्रो कार्यकालमा अहिले आएर प्रदेश सरकारका अधिकारका बारेमा बहस चलेको र यसमा देशका समग्र पत्रकारहरुको भूमिका रहने स्पष्ट गरेका हुन्
 ।
त्यस्तै, मुख्यमन्त्री कार्कीले यस विषयमा बहस चलाउन नेपाल पत्रकार महासङ्घसँग आग्रह समेत गरेका छन् । उनले प्रदेशलाई अधिकार सम्पन्न बनाउन कानुन नबनाउने तर प्रदेशप्रति सार्वजनिक अभिव्यक्ति दिएर प्रश्न उठाउने सङ्घीय सांसदमाथि पनि सञ्चारकर्मीले प्रश्न गर्नुपर्ने बताए ।
उनले भने, “सङ्घले प्रदेश सरकारलाई अधिकार दिन आनाकानी गर्नु भनेको प्रदेशका जनतालाई सेवा, सुविधा र उनीहरुले प्राप्त गर्न पाउने लाभबाट बञ्चित गर्न खोज्नु जस्तो हो ।” प्रदेश सरकार सधैँ प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकार महासङ्घको भौतिक संरचना विकासमा लाग्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।
त्यस्तै, नेपाल पत्रकार पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेव ढुङ्गानाको नेतृत्वमा पत्रकारहरु मुख्यमन्त्री निवास पुगेका थिए ।

प्रकाशित मिति: ९ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?