Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

नेकपा एसका सचिवालय सदस्यहरूले मृत्युपछि अङ्गदान गर्ने


काठमाडौं। नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले मरणोपरान्त अङ्गदान गर्ने भएका छन् । उक्त पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

त्यस्तै, नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अङ्ग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अङ्गदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरूको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए । त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अङ्गदानसम्बन्धी प्रतिबद्धता जाहेर गर्ने कुरा भएको प्रवक्ता खतिवडाले बताए ।

त्यसैगरी, अध्यक्ष माधव नेपाल पनि सकारात्मक भएपछि औपचारिक निर्णय लिइएको हो । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अङ्गदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको जानकारी दिएका छन् ।

 

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?