Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

नेकपा एसका सचिवालय सदस्यहरूले मृत्युपछि अङ्गदान गर्ने


काठमाडौं। नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्यहरूले मरणोपरान्त अङ्गदान गर्ने भएका छन् । उक्त पार्टी सचिवालय बैठकले सो निर्णय लिएको हो ।

त्यस्तै, नेकपा एसको बैठकमा काठमाडौंमा हिजो सुरु भएको अङ्ग प्रत्यारोपण सम्बन्धी सम्मेलनबारे चर्चा भएको थियो । यसक्रममा नेताहरुले मृत्युपछि गरिने अङ्गदानले नसर्ने रोग लागेका धेरै गम्भीर बिरामीहरूको ज्यान बाँच्न सक्नेबारे छलफल गरेका थिए । त्यसपछि पार्टीका तर्फबाट मरणोप्रान्त अङ्गदानसम्बन्धी प्रतिबद्धता जाहेर गर्ने कुरा भएको प्रवक्ता खतिवडाले बताए ।

त्यसैगरी, अध्यक्ष माधव नेपाल पनि सकारात्मक भएपछि औपचारिक निर्णय लिइएको हो । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मृत्युपर्यन्त अङ्गदानका लागि उत्प्रेरित गर्नेसमेत निर्णय भएको जानकारी दिएका छन् ।

 

 


प्रकाशित मिति: ८ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?