Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

फिल्म फ्लप भएपछि अनमोलले भने- करिअर शुन्यमा पुग्यो, फेरी उठ्नेछु


२६ फागुन, काठमाडाैँ । मेगास्टारको रूपमा चिनिएका नायक अनमोल केसीले माफी मागेका छन् । उनको पछिल्लो चलचित्र ‘२.० छड्के’ फ्लप भएपछि अनमोलले माफी मागेका हुन् ।

उनले पछिल्लो फिल्ममा परिपक्क हुनुपर्नेमा ठीक त्यसको विपरित हुन पुगेको समेत उल्लेख गरेका छन् ।

फेसबुकमा अनमोलले लेखेका छन्, ‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाईनै निराश बनाउँदा म झनै दुखी भएको छु । २.० छड्के मेरो नवौं सिनेमा थियो । नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्नेथियो । यहाँ म चुक्न पुगेँ ।’

उनले अब आगामी दिनमा दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् ।

‘यो समय पनि बितेर जान्छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु । दशौं सिनेमा दश पछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु । मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । मेरो करिअरको दोस्रो सत्रको सुरुआत मेरो अबको सिनेमाबाट हुनेछ ।’ उनले फेसबुकमा थपेका छन् ।

 


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?