Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

फिल्म फ्लप भएपछि अनमोलले भने- करिअर शुन्यमा पुग्यो, फेरी उठ्नेछु


२६ फागुन, काठमाडाैँ । मेगास्टारको रूपमा चिनिएका नायक अनमोल केसीले माफी मागेका छन् । उनको पछिल्लो चलचित्र ‘२.० छड्के’ फ्लप भएपछि अनमोलले माफी मागेका हुन् ।

उनले पछिल्लो फिल्ममा परिपक्क हुनुपर्नेमा ठीक त्यसको विपरित हुन पुगेको समेत उल्लेख गरेका छन् ।

फेसबुकमा अनमोलले लेखेका छन्, ‘मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकलाई निराश बनाएँ । जुन दर्शकको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाईनै निराश बनाउँदा म झनै दुखी भएको छु । २.० छड्के मेरो नवौं सिनेमा थियो । नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्नेथियो । यहाँ म चुक्न पुगेँ ।’

उनले अब आगामी दिनमा दर्शकलाई निराश नबनाउने दाबी गरेका छन् ।

‘यो समय पनि बितेर जान्छ । घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ । म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु । दुखेका घाउहरूमा मल्हम लगाउनेछु । दशौं सिनेमा दश पछिको शून्य हटेपछि बन्ने एक अर्थात आज म शून्यमा छु । मेरो करिअरको पहिलो सिनेमा मेरो दशौं सिनेमा हुनेछ । मेरो करिअरको दोस्रो सत्रको सुरुआत मेरो अबको सिनेमाबाट हुनेछ ।’ उनले फेसबुकमा थपेका छन् ।

 


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?