Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नाघ्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप


काठमाडौं। बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पुस ३ गतेसम्मको तथ्याङ्कमा यो विवरण देखिएको हो । जसमा वाणिज्य बैंकको मात्र ५३ खर्ब २३ अर्ब रहेको छ ।

त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ९१ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकको तथ्याङ्कमा रहेको छ भने उक्त बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी भने करिब ५० खर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण तथा संस्थागत निक्षेप लिएर कर्जा प्रवाह गर्ने गरेका छन् ।

त्यस्तै, बैंकहरूको सीडी रेसियो (कर्जा पुँजी अनुपात) ७९.८९ प्रतिशत छ । यसले बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम (तरलता) रहेको इङ्गित गर्छ । यस्तै अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतभन्दा कम छ यसले बैंकहरूको ब्याजदर निकै सस्तो रहेको देखाउँछ ।

अहिले सर्वसाधारणको मुद्दती निक्षेपको ब्याजदर नै एकल अङ्कमा झरिसकेको छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?