Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै हिजोको तुलनामा एक हजार रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ भने हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ । महासङ्घका अनुसार हिजो चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । जुन, आज तोलामा १४ सय ६५ रुपैयाँ कायम भएको छ ।


प्रकाशित मिति: ४ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?