Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखद्वारा बधाई ज्ञापन


२६ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् ।

मुलुककको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् । नौ दलीय गठबन्धनको साझा उम्मेदवारका रूपमा नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार भएको निर्वाचनमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तर व्यवस्थापिका सङ्घको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराए । उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले उक्त बैठकका लागि नेपालका तर्फबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?