Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

वैदेशिक रोजगारीमा पठाउने बाहनामा ठगी


३ ,पुष ,म्याग्दी । वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–८ का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विदेश नपठाएको र सङ्कलन गरेको रकम फिर्ता नगरेपछि नौ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट रु दुई लाखदेखि रु दश लाखसम्म ठगी गरेका थिए ।

प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मङ्गलबारनिज उपर लागेको दण्ड जरिवाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ ।

“विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन्”, प्रहरी निरीक्षक झाले भने, “पीडितलाई दिएको चेक नसाटिएपछि बेंकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।” बैंकिङ कसुरमा म्याग्दीमा पक्राउ परेकामध्ये रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?