Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु


२६ फागुन, एजेन्सी। इजरायली सेनाको गोली लागेर बिहीबार जेनिनको उत्तरी वेस्ट बैंक शहरको दक्षिणस्थित जाबा गाउँमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले जनाएअनुसार इजरायली सेनाले प्यालेस्टाइनीहरू चढेको गाडीलाई लक्षित गरी गोली चलाउँदा दुवै तर्फबाट गोली हानहान भएको र तीन प्यालेस्टाइनीको मृत्यु भएको हो ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिकहरूमाथि आक्रमण गर्न खोजेका संदिग्धहरूलाई पक्राउ गर्न जाबा गाउँमा छापा मारेको र संदिग्धहरूले इजरायली सेनामाथि गोली प्रहार गर्न खोज्दा जवाफी कारबाहीमा तीन जनाको प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ।

वेस्ट बैंक र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टिनीबीच जनवरीको शुरुदेखि नै तनाव बढिरहेको छ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?