Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

इजरायली सैनिकको गोली लागेर ३ प्यालेस्टाइनीको मृत्यु


२६ फागुन, एजेन्सी। इजरायली सेनाको गोली लागेर बिहीबार जेनिनको उत्तरी वेस्ट बैंक शहरको दक्षिणस्थित जाबा गाउँमा तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी सुरक्षा स्रोत र प्रत्यक्षदर्शीहरूले जनाएअनुसार इजरायली सेनाले प्यालेस्टाइनीहरू चढेको गाडीलाई लक्षित गरी गोली चलाउँदा दुवै तर्फबाट गोली हानहान भएको र तीन प्यालेस्टाइनीको मृत्यु भएको हो ।

इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै आफ्ना सैनिकहरूमाथि आक्रमण गर्न खोजेका संदिग्धहरूलाई पक्राउ गर्न जाबा गाउँमा छापा मारेको र संदिग्धहरूले इजरायली सेनामाथि गोली प्रहार गर्न खोज्दा जवाफी कारबाहीमा तीन जनाको प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ।

वेस्ट बैंक र पूर्वी जेरुसेलममा इजरायल र प्यालेस्टिनीबीच जनवरीको शुरुदेखि नै तनाव बढिरहेको छ।


प्रकाशित मिति: २६ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?