Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ऐतिहासिक ‘कोटघर’ पुग्न कलात्मक पदमार्ग तयार


गलकोट नगरपालिका–३ मा रहेको ऐतिहासिक ‘कोटघर’ लाई पर्यटकीय गन्तव्य बनाउन कलात्मक पदमार्ग निर्माण गरिएको छ । गलकोट नगरपालिकाको हटिया बजारबाट कोटघरको पहुँचमार्गदेखि कोटघरसम्म कलात्मक पदमार्ग तयार गरिएको हो । स्थानीय ढुङ्गाको प्रयोग गरेर कलात्मक पदमार्ग तयार गरिएको कोट पूजा व्यवस्थापन समितिका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो ।

गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको दश लाख अनुदान र नगरपालिकाको सहयोगमा पदमार्ग निर्माण गरिएको हो । झण्डै १३ लाख खर्चेर पूरा गरिएको पदमार्गमा स्थानीयले तीन लाख बढीको श्रमदान गरेका थिए । एक सय ४४ सिँढी रहेको पदमार्ग निर्माणका लागि ढाँडको पाखो सामुदायिक वनमा रहेको स्थानीय कालो ढुङ्गाको प्रयोग गरिएको खत्रीले जानकारी दिनुभयो । “पदमार्ग र कोटघर वरपरका संरचनासमेत मल्लकालीन कलाशैली प्रयोग गरेर तयार गरेका हौँ”, उहाँले भन्नुभयो, “बागलुङमा कालिगड नपाएपछि म्याग्दी र गोरखाबाट ल्याएर ढुङ्गा तयार गरिएको थियो ।” कालो रङको कटान गर्न सजिलो भएकाले उपभोक्ताले उक्त ढुङ्गा प्रयोगमा ल्याएका हुन् ।

पदमार्गमा ढुङ्गाको जडान बिन्दुमा मात्रै बालुवा सिमेन्टको प्रयोग गरिएको छ भने बाँकी सबै संरचना स्थानीय ढुङ्गाको प्रयोगबाट तयार भएका छन् । चार वर्षअघि नगरपालिकाले ‘गौरवको आयोजना’ को रुपमा निर्माण थालेको कोटघर पुग्ने पदमार्ग र तारवार तथा पर्खाल निर्माणको काम कोरोना महामारीका कराण रोकिएर अलपत्र परेको थियो । रु ५० लाखको लागतमा निर्माण थालिएको काम कोरोना महामारीका कारणबीचमै रोकिएर रु १२ लाख फिर्ता भएपछि पदमार्ग अलपत्र थियो । प्रयोग भएको रु ३८ लाखमध्येबाट कोट पूजा व्यवस्थापन समितिले नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ६० किलोको खुकुरी खरिद गरेर कोटघरमा राखेको छ ।

वडा कार्यालय र नगरपालिकाको पहलमा प्रदेश सरकारले अपुग रकम विनियोजन गरेपछि पदमार्गले पूर्णता पाएको उपभोक्ता समितिका सचिव सन्तबहादुर खत्रीले बताउनुभयो । कोटघरको वरपर पर्खाल तयार गरिएको छ भने सोही बजेटबाट तारजाली लगाएर सुरक्षित गरिएको खत्रिले बताउनुभयो । “मल्लकालीन इतिहास बोकेको कोटघरमा पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो, दसैँ र चैतेदसैँमा लाग्ने मेलामा सर्वसाधारणको भीड लाग्ने गरेको भए पनि पदमार्ग नहुँदा जोखिम थियो”, उहाँले भन्नुभयो, “पौराणिक महत्व झल्किने गरी कोटघरलाई तयार गर्दा पर्यटक आउँछन् र यहाँको विकास हुन्छ ।” “कोटमा बलि पूजाका लागि राँगा, बोका लैजानसमेत कठिन भिरालो जमिन थियो, अहिले सजिलो भएको छ”, स्थानीय तुलसी परियारले भन्नुभयो, “अब कोटघरको प्रचारको खाँचो छ ।”

तत्कालीन बाइसे चौबिसे राजाका पाला गलकोट राज्यको प्रारम्भ यही कोटबाट भएको इतिहास छ । लामो समय यही कोटमा बसेर राज्य गरेका राजा महाराजापछि गलकोट दरबारमा सरेका थिए । शक्तिपीठको रुपमा गलकोट, ताराखोला क्षेत्रका सर्वसाधारणले यहाँ बर्सेनि पूजाआजा गर्दै आएका छन् ।


प्रकाशित मिति: १८ पुष २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?