Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्‍याउँछौँ : मुख्यमन्त्री कार्की


सुन्दरहरैँचा। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पुर्‍याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा, स्वास्थ्य, विपद्लगायत क्षेत्रमा सहज र सुलभ सेवा उपलब्ध गराउन प्रदेशवासीमा बीमाको पहुँच पुर्‍याइने जानकारी दिएका छन् ।

“अहिले आगलागीका घटना नै धेरै भइरहेको अवस्थामा निर्देशिकाअनुसार सरकारले राहतस्वरूप अधिकतम ५० हजार उपलब्ध गराउँदै आएको छ”मुख्यमन्त्री कार्कीले भने, “तर त्यो प्रयाप्त छैन्, हामीले त्यसलाई बीमासँग जोड्न सक्यौँ भने पीडितलाई थप राहत महसुस हुन्छ ।”

त्यस्तै, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले बाख्रा र बङ्गुरको बीमामा भुक्तानीका लागि बीमा कम्पनीमा निकै झण्झटिलो अवस्था सिर्जना भएकामा बीमा प्राधिकरणको ध्यानाकर्षण गराए । भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रमेशकुमार सिंहले सडकलगायत भौतिक संरचना निर्माणमा हालसम्म बीमामा गरेको लगानी बालुवामा पानी हालेसरह भएकामा यसमा सुधार गर्न सुझाव समेत दिए ।

नेपालको वित्तीय क्षेत्र सुधार रणनीतिअन्तर्गत गाउँगाउँसम्म बीमाको पहुँच पुर्‍याउन तीनै तहको सरकारसम्म पुग्ने प्रयास भइरहेको बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उल्लेख गरे । उनले बीमा गरिएका बाख्रा र बङ्गुर मरेपछि किसानले अत्यधिक मूल्य माग गर्ने गरेकाले चुनौती थपिएको बताएका छन् ।

त्यसैगरी, अध्यक्ष सिलवालले सरकारी तथा निजी सम्पत्तिको बीमासम्बन्धी उच्चस्तरीय अध्ययन कार्यदल गठन भएको र यसले दिएको प्रतिवेदनको आधारमा काम अघिबढाउने प्राधिकरणको तयारी रहेको जानकारी दिए।

नेपालमा जीवन बीमा कम्पनी १४, निर्जीवन बीमा कम्पनी १४, पुनः बीमा कम्पनी दुई र लघुबीमा कम्पनी सात गरी कूल बीमा कम्पनीको सङ्ख्या ३७ रहेको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?