Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

आज सुनको मूल्य फेरी बढ्यो


काठमाडौं। सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले फेरी बढेको छ ।

हिजो तोलाको एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा आज मूल्य बढेर तोलाको एक लाख १८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रवार तोलाको एक लाख १९ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य अस्ति आइतबार तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएकोमा हिजो अस्तिकै मूल्य यथावत् रहेको थियो ।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?