Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सामुदायिक विद्यालयलाई सघाउँदै युडब्ल्युएस


फुङ्लिङ,ताप्लेजुङ। युनाइटेड वल्र्ड स्कुल नेपाल (युडब्ल्युएस) ले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयलाई सघाउँदै आएको छ । यो संस्थाले ताप्लेजुङसहित तीन जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयको गुणस्तर सुधार तथा भौतिक संरचना निर्माणमा सघाउँदै आएको हो ।

विगत दुई वर्षदेखि ताप्लेजुङका तीन स्थानीय तहलाई कार्यक्षेत्र बनाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै आएको उक्त संस्थाले हालसम्म पाँचवटा समुदायिक विद्यालयको भवन निर्माणसम्पन्न गरेको छ । अबको तीन वर्षमा ताप्लेजुङमा १५ वटा सुविधासम्पन्न भवन निर्माण गर्ने योजना रहेको संस्थाका अध्यक्ष खेमराज खड्काले बताए ।

आगामी पाँच वर्षभित्र ताप्लेजुङ, सङ्खुवासभा र गुल्मीमा ९० वटा सामुदायिक विद्यालय भवन निर्माण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय भवन, आकर्षक कक्षाकोठा, प्रविधिसहितको प्रशिक्षण, खेलकुदलाई संस्थाले प्राथमिकतामा राखेको छ ।

उक्त संस्थाले तीन जिल्लाका ७६ वटा विद्यालयमा पाँच सय नौवटा कक्षाकोठा निर्माण गरिसकेको जनाएको छ भने सो विद्यालय शिक्षा सुधार अभियानअन्तर्गत सङ्खुवासभामा ५३, गुल्मीमा १८ र ताप्लेजुङमा पाँचवटा विद्यालय निर्माण भएका छन् । अभियानबाट तीन जिल्लाका १३ हजार नौ सय २८ बालबालिका लाभान्वित भएको संस्थाले दाबी गरेको छ ।

त्यसैगरी, बेलायत सरकारको सहयोगमा आगामी पाँच वर्षसम्म यो कार्यक्रम निरन्तर कार्यान्वयनमा ल्याउने सो अवधिभित्रमा साझेदार दातृ निकायसँगको समन्वयमा कार्यक्षेत्र विस्तारसहितका योजना अघि बढाइने अध्यक्ष खड्काले बताए ।


प्रकाशित मिति: ३ पुष २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?