Trending
>>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद >>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

आज शेयर बजार ३८ अङ्कले बढ्यो


काठमाडौं। शेयर बजार आज सोमबार पनि दोहोरो अङ्कले बढेको छ । पछिल्ला केही दिनदेखि लगातार बढिरहेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १४ अङ्कले बढेर दुई हजार ६० दशमलव ४९ विन्दुमा पुगेको छ ।

आज छ महिनायताकै उच्च कारोबार भएको छ । आज दुई करोड १४ लाख कित्ता शेयर छ अर्ब ८६ करोड ८१ लाख रुपैयाँमा कारोबार भएका छन् भने गएको असार १० गतेयता छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको आज पहिलो पटक हो । आज सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २६ करोड २६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, आज जलविद्युत् बाहेक सबै समूहको शेयर बढेको छ भने माइक्रोफाइनान्स समूहको शेयरमा हरियाली छाएको छ । आज बोटलर्स नेपाल, सूर्योज्योति लाइफ, स्वरोजगार लघुवित्त, जीवन विकास लघुवित्त, वीपीडब्ल्यू लघुवित्त, नरुडे लघुवित्त, धौलागिरि लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र हाथवे इन्भेस्टमेन्ट नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ भने समग्रमा बजार बढेको दिन आज हिमालयन पावर पार्टनर कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै आठ प्रतिशतले ओरालो लागेको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?