Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने


काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

उक्त प्रतियोगिताको टिकट विक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको स्रोतले जनायो भने प्रतियोगिता दौरान कुनै पनि पास नबाँड्ने निर्णय पनि बैठकले गरेको छ ।कूल १८ एजेन्डा रहे पनि सीईओ नियुक्तको विषयलाई मुख्य प्राथमिकताको साथ हेरिएको छ भने सीईओ नियुक्त भन्ने शब्द नभएपनि कर्मचारी थप घटको विषयमा एजेन्डामा समावेश छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित केही सदस्यले सुरुमै असन्तुष्टि जनाएपछि बैठक सुरु हुन नै ढिला भएको थियो । ढिलो गरी सुरु भएको बैठकमा कार्यसमित सदस्य पेमा लामा असन्तुष्टि जनाउँदै सुरुमै बाहिरिइन् । लामालाई सम्पर्क गर्दा उनले महिला संघबाट पनि कार्यसमितिमा प्रतिनिधि राख्नुपर्ने आफ्नो मागमा बेवास्ता गरिएकोले बाहिरिएको बताइन् ।

‘हामीले अन्य संघ जस्तै महिला संघको प्रतिनिधि पनि बैठकमा राख्नुपर्छ भनेर महासचिवलाई पनि भनेका थियौँ । म आफू महिला संघको अध्यक्ष भएपनि एन्फाको केन्द्रित सदस्य भएकोले अर्को एक जना प्रतिनिधि राख्न माग गरेका थियौँ,तर अन्य संघको प्रतिनिधि बस्दा महिला संघलाई भने अपमान गरियो ।’ लामाले भनिन् । जहाँ महिलालाई नै सम्मान हुँदै भने त्यहाँ किन बस्ने भनेर म सुरुमै बाहिरिएँ । मलाई आज एकदमै नराम्रो अनुभव भयो ।’

लामालाई बैठकमा बस्न आग्रह गरे पनि उनी निस्किएकी हुन् ।

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?