Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने


काठमाडौं । एन्फाले गर्ने फुटबल प्रतियोगिताबाट उठेको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको छ । सातदोबाटोस्थित मुख्यालयमा अखिल नेपाल फुटबल संघ एन्फाको सोमबार जारी कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

उक्त प्रतियोगिताको टिकट विक्रीबाट उठेको रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने भएको स्रोतले जनायो भने प्रतियोगिता दौरान कुनै पनि पास नबाँड्ने निर्णय पनि बैठकले गरेको छ ।कूल १८ एजेन्डा रहे पनि सीईओ नियुक्तको विषयलाई मुख्य प्राथमिकताको साथ हेरिएको छ भने सीईओ नियुक्त भन्ने शब्द नभएपनि कर्मचारी थप घटको विषयमा एजेन्डामा समावेश छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित केही सदस्यले सुरुमै असन्तुष्टि जनाएपछि बैठक सुरु हुन नै ढिला भएको थियो । ढिलो गरी सुरु भएको बैठकमा कार्यसमित सदस्य पेमा लामा असन्तुष्टि जनाउँदै सुरुमै बाहिरिइन् । लामालाई सम्पर्क गर्दा उनले महिला संघबाट पनि कार्यसमितिमा प्रतिनिधि राख्नुपर्ने आफ्नो मागमा बेवास्ता गरिएकोले बाहिरिएको बताइन् ।

‘हामीले अन्य संघ जस्तै महिला संघको प्रतिनिधि पनि बैठकमा राख्नुपर्छ भनेर महासचिवलाई पनि भनेका थियौँ । म आफू महिला संघको अध्यक्ष भएपनि एन्फाको केन्द्रित सदस्य भएकोले अर्को एक जना प्रतिनिधि राख्न माग गरेका थियौँ,तर अन्य संघको प्रतिनिधि बस्दा महिला संघलाई भने अपमान गरियो ।’ लामाले भनिन् । जहाँ महिलालाई नै सम्मान हुँदै भने त्यहाँ किन बस्ने भनेर म सुरुमै बाहिरिएँ । मलाई आज एकदमै नराम्रो अनुभव भयो ।’

लामालाई बैठकमा बस्न आग्रह गरे पनि उनी निस्किएकी हुन् ।

 


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?