Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

कोशीमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी


काठमाडौं। कोशी प्रदेशको प्रदेश सभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ । गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए ।

कोशीमा राप्रपाले सभामुखमा दाबी गर्ने जनाएको छ । त्यसो त सत्ता गठबन्धनले पहिले नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल सुरु गरिएको बताइन् । अब प्रदेश सभाको अर्को बैठक बुधबार बस्दै छ । उपसभामुख दनुवारले बुधबारको प्रदेश सभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैकालागि दलहरूसँग छलफल गरिरहेको बताइन् ।

यसअघि मुख्यमन्त्री केदार कार्कीलाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए,तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन । मुख्यमन्त्री कार्कीले राप्रपालाई समेत साथमा लिएर प्रदेशसभामा बलियो बहुमत कायम राख्ने रणनीतिमा देखिएका छन् ।

त्यसैगरी, सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान छ । हाल उपसभामुख रहेकी दनुवार नेकपा एमाले पृष्ठभूमिबाट आएकी हुन् । सरकारबाट बाहिरिएको एमालेले सभामुखमा दाबी गरे उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यसअघि सभामुख रहेका गौतम सर्वसम्मत सभामुख चयन भएका थिए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?