Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

कोशीमा नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी


काठमाडौं। कोशी प्रदेशको प्रदेश सभा सचिवालयले नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारी थालेको छ । तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि चार महिनादेखि सभामुख पद रिक्त छ । गौतमले गत १६ साउनमा पदबाट राजीनामा दिएका थिए ।

कोशीमा राप्रपाले सभामुखमा दाबी गर्ने जनाएको छ । त्यसो त सत्ता गठबन्धनले पहिले नै राप्रपालाई सभामुख दिने सहमति गरिसकेको छ । ९३ सदस्यीय प्रदेशसभामा एमालेको उपसभामुख सहित ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी) का ४ र जनता समाजवादी पार्टीका एक जना सांसद छन् ।

उपसभामुख सिर्जना दनुवारले सभामुख चयनका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग छलफल सुरु गरिएको बताइन् । अब प्रदेश सभाको अर्को बैठक बुधबार बस्दै छ । उपसभामुख दनुवारले बुधबारको प्रदेश सभाको बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढाउने तयारीमा रहेको र त्यसैकालागि दलहरूसँग छलफल गरिरहेको बताइन् ।

यसअघि मुख्यमन्त्री केदार कार्कीलाई राप्रपा बाहेकका सबै दलले विश्वासको मत दिएका थिए,तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएपछि एमाले बाहिरिएको छ, तर समर्थन भने फिर्ता लिएको छैन । मुख्यमन्त्री कार्कीले राप्रपालाई समेत साथमा लिएर प्रदेशसभामा बलियो बहुमत कायम राख्ने रणनीतिमा देखिएका छन् ।

त्यसैगरी, सभामुख र उपसभामुख फरक–फरक राजनीतिक दलबाट हुनुपर्ने प्रावधान छ । हाल उपसभामुख रहेकी दनुवार नेकपा एमाले पृष्ठभूमिबाट आएकी हुन् । सरकारबाट बाहिरिएको एमालेले सभामुखमा दाबी गरे उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ । यसअघि सभामुख रहेका गौतम सर्वसम्मत सभामुख चयन भएका थिए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?