Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ: प्रमुख साह


काठमाडौं। काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानूनी अड्चन हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह पनि गरे ।

काठमाडौं र ललितपुर परस्पर सम्बन्ध भएका महानगरपालिकाहरू भएको भन्दै काठमाडौं, ललितपुरसँगै उपत्यकाकै विकास एकैसाथ हुनुपर्नेमा उनले जोड दिएका छन् । उक्त कार्यक्रममा मेयर बालेनले भने, ‘काठमाडौं एक्लै बनेर पनि राम्रो देखिँदैन, ललितपुर एक्लै बनेर पनि राम्रो देखिँदैन । उपत्यका बाहिरका मान्छेहरू यहाँ आउँदा सबैलाई काठमाडौं एउटै हो भन्ने लाग्छ । ललितपुरमा आए पनि काठमाडौं आएजस्तो लाग्छ, काठमाडौं आए पनि ललितपुर आएजस्तो लाग्छ । त्यसैले सम्पूर्ण उपत्यकाको विकास एकैचोटी हुनुपर्छ । कोही पहिलो, कोही दोस्रो, कोही तेस्रो भन्दा पनि हामी एकैचोटी अगाडि बढ्नुपर्ने देखिन्छ ।’

त्यस्तै, ललितपुर महानगरपालिकाको १०५औं स्थापना उत्सवमा सहभागी बानेका साहले सोमबार तीनै तहका सरकारबीच सहकार्यमा जोड दिएका हुन् । सँगै कार्यक्रममा उपस्थित प्रधानमन्त्री दाहाललाई उपत्यकाको फोहोर व्यवस्थापन गर्न स्थानीय तहले आफ्नो क्षेत्राधिकारको कार्य गरिरहेको र संघले पनि कानूनी अड्चनलाई हटाएर सहयोग गर्न आग्रह समेत गरे ।

उनले प्रधानमन्त्री दाहाललाई त्यसका लागि केही काम महानगरपालिकाका मेयर र उपमेयरको तहबाट पनि गर्न सकिने तर केही कानुनी व्यवस्था बाझिएकाले त्यसको बाधा अड्चन फुकाइदिनुपर्ने बताए । विशेष गरी उपत्यकाको फोहोर व्यवस्थापनको सवालमा संघ सरकारले त्यसमा सहजीकरण गरिदिनुपर्ने साहको भनाइ थियो ।

बालेनले भने, ‘केही केही कुराहरू हामी मेयरहरू, उपमेयरहरू बसेर पनि सल्टाउन सक्छौं । तर कुनै कुनै कुराहरू यस्ता छन्, संघीय कानुनमा स्थानीय कानुनमा बाझिएका छन्,’ बालेनले थपे, ‘फोहोर व्यवस्थापन सिसडोल बन्चरे डाँडामा व्यवस्थापन गर्दै आएका छौं । त्यो कुरा स्थानीय सरकार आफैँले गर्न सक्ने कुरामा बाधा अड्चन परेको छ । त्यो कानुनी बाधा अड्चन फुकाइदिनु हुन सम्माननीय ज्यूलाई (प्रधानमन्त्री प्रचण्डलाई) यहीँबाट आग्रह पनि गरेँ, अनुरोध पनि गरेँ ।’

त्यस्तै, मेयर साहले उपत्यकाको फोहोर व्यवस्थापन पाँच वर्ष वा ५० वर्षका लागि मात्र नभई दीर्घकालीन रूपमै होस् भन्ने चाहेको बताएका छन् ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?