Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

नेपाल जेसीजको अध्यक्षमा रविन पोख्रेल निर्वाचित


काठमाडौं। नेपाल जेसीजको अध्यक्षमा रविन पोख्रेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५०औं महाधिवेशनले  पोख्रेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो ।

उक्त महाधिवेशनबाट कार्यकारिणी समितिको उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दीप अग्रहरी निर्वाचित भएका छन् ।

त्यसैगरी, नेतृत्व चयनका लागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रजनी थापाले ४२६ मत ल्याइन् । पोख्रेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् । यसअघि पनि उनी राष्ट्रिय अध्यक्षका लागि प्रत्याशी थिए ।

त्यस्तै, महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनीत भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वप्ना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती निर्वाचित भए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?