Trending
>>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

नेपाल जेसीजको अध्यक्षमा रविन पोख्रेल निर्वाचित


काठमाडौं। नेपाल जेसीजको अध्यक्षमा रविन पोख्रेल निर्वाचित भएका छन् । बुटवलमा भएको ५०औं महाधिवेशनले  पोख्रेललाई वर्ष २०२४ का लागि अध्यक्षमा चयन गरेको हो ।

उक्त महाधिवेशनबाट कार्यकारिणी समितिको उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम, भीमबहादुर कुँवर र सन्दीप अग्रहरी निर्वाचित भएका छन् ।

त्यसैगरी, नेतृत्व चयनका लागि मतदानमा पोखरेलले ५१० मतसहित तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रजनी थापाले ४२६ मत ल्याइन् । पोख्रेल नुवाकोट जेसीजका पूर्वअध्यक्ष हुन् । यसअघि पनि उनी राष्ट्रिय अध्यक्षका लागि प्रत्याशी थिए ।

त्यस्तै, महासचिवमा सरोज अधिकारी, कानूनी सल्लाहकारमा नरेशचन्द्र ओझा र कोषाध्यक्षमा खेमराज थापा मनोनीत भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरब श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वप्ना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती निर्वाचित भए ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?