Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

विकास निर्माणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मन्त्री ज्वाला


काठमाडौं।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

सोमबार १०५औँ ललितपुर महानगरपालिका स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र विकास निर्माणमा प्रदेश सरकार, स्थानीय सरकारबिच सहकार्य गर्न संघीय सरकार तयार भएको बताए ।

‘विकास निर्माण र संविधान कार्यान्वयनका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक छ । पूर्वाधार विकास, फोहोर व्यवस्थापन, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीमा देखिएका समस्या समाधान लागि हातेमालो गर्न संघीय सरकार तयार छ’, उनले भने ।

त्यसैगरी, काठमाडौं उपत्यकामा देखिएका खाल्टाखुल्टी छ पुर्न भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको समेत उनले जिकिर गरे ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?