Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

विकास निर्माणमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मन्त्री ज्वाला


काठमाडौं।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विकास निर्माणमा तीन तहको सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

सोमबार १०५औँ ललितपुर महानगरपालिका स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले संविधान कार्यान्वयन र विकास निर्माणमा प्रदेश सरकार, स्थानीय सरकारबिच सहकार्य गर्न संघीय सरकार तयार भएको बताए ।

‘विकास निर्माण र संविधान कार्यान्वयनका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक छ । पूर्वाधार विकास, फोहोर व्यवस्थापन, यातायात, शिक्षा, स्वास्थ्य, रोजगारीमा देखिएका समस्या समाधान लागि हातेमालो गर्न संघीय सरकार तयार छ’, उनले भने ।

त्यसैगरी, काठमाडौं उपत्यकामा देखिएका खाल्टाखुल्टी छ पुर्न भौतिक पूर्वाधार मन्त्रालयले काम गरिरहेको समेत उनले जिकिर गरे ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?