Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

‘पक्षघातका बिरामी समयमै उपचार गर्न आउँदैनन्’


चितवन। चितवनको भरतपुर अस्पतालबाट झण्डै १० किलोमिटर टाढा जुटपानीका एक पक्षघातको बिरामी नौ महिनासम्म घरमै थलिए । पक्षघात भएका बिरामीले सरकारी भरतपुर अस्पतालमा रु एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा आर्थिक अभावमा घरमै थलिनु पर्‍यो । ती बिरामी मात्रै होइन, अरु धेरै पक्षघातका बिरामी धेरै खर्च हुन्छ भन्ने डरले उपचार नै नगरी बस्ने गरेका छन् ।

त्यस्तै, कतिपय त्यस्ता बिरामी छुट हुने अस्पताल थाहा नपाउँदा महँगा अस्पतालमा उपचार गर्न बाध्य छन् भने स्पाइनल उपचारमा विज्ञता हासिल गर्नुभएका भरतपुर अस्पतालका प्रा.डा कृष्णप्रसाद पौडेल अस्पतालमा रु एक लाखसम्म निःशुल्क हुन्छ भन्ने थाहा नपाउँदा बिरामी समयमा नआउने गरेको बताउछ्न् ।

उनले भने, “सामान्य अवस्थाका पक्षघातका बिरामीलाई रु एक लाखले सबै खर्च पुग्ने गर्दछ ।” धेरै सामग्री प्रयोग गर्नुपर्ने बिरामीलाई रकम थप लाग्ने भए पनि सामान्य अवस्थामा सबैलाई यही खर्चले धान्ने गर्दछ । प्रा.डा पौडेलले भने, “पक्षघात भएर कोही पनि घर नबसोस् भन्नका लागि यो सन्देश प्रवाह गर्नु आवश्यक छ ।”

त्यस्तै, भरतपुर अस्पतालमा २०६९ सालदेखि नै छुट्टै युनिट बनाएर पक्षघातको उपचार हुँदै आएको छ । अहिलेसम्म ३७ जिल्लाबाट आएर यस अस्पतालको स्पाइनल इन्जुरी युनिटबाट उपचार गराइसकेको प्रा.डा पौडेलले जानकारी दिए । अस्पतालमा २० श्यया पक्षघातका लागि छुट्याइएको छ । रोटरीको सहयोगमा नयाँ भवन बन्दैछ । भवन सम्पन्न हुँदै गर्दा ५० श्ययाको पक्षघात युनिट हुनेछ । अहिले अस्पतालमा सातामा कम्तीमा एउटा शल्यक्रिया गर्ने गरिएको छ । कुनै हप्ता दुई वटासम्म शल्यक्रिया गर्ने गरिएको उनको भनाइ रहेको छ ।

सबै अस्पतालमा पुनःस्थापना केन्द्र नहुने भएकाले बिरामीको रोजाइ भरतपुर अस्पताल पर्ने गर्दछ । प्रा.डा पौडेलले भने, “भरतपुर अस्पतालमै यसको पूर्णरुपमा उपचार गर्न सक्छौँ । राज्यले पनि पक्षघात (स्पाइनल कर्ड इन्जुरी) लाई कडा रोगको सूचीमा राखेर रु एकलाखसम्मको उपचार निःशुल्क दिएएको छ ।”

त्यस्तै, स्पाइनल कर्ड इन्जुरीपछि पुनःस्थापना महत्वपूर्ण हुने उनी बताउछन् । पुनःस्थापना केन्द्रमा दैनिक जीवनयापनका क्रियाकलाप÷सीप केन्द्रमा सिकाइन्छ । यदि समयमै उपचारमा जान सके आंशिकरुपमा मात्र स्पाइनल कर्ड इन्जुरी भएको रहेछ भने पूर्ववत्रुपमै फर्काउन सकिने सम्भावना हुने उनको भनाइ रहेको छ ।


प्रकाशित मिति: २ पुष २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?