Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित, सुवास नेम्वाङ पराजित


२५ फागुन, काठमाडाैँ । नेपालको राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पाैडेल निर्वाचित भएका छन् ।

बिहीबार भएको मतदानबाट पाैडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई पराजित गरेका छन् ।

पाैडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका छन् । त्यस्तै, पाैडेलका प्रतिस्पर्धी नेम्वाङले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाएका थिए ।

राष्ट्रपति पदका लागि पौडेल कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीको साझा उम्मेदवार बनेका थिए ।

 


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?