Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

साताको अन्तिम दिन दोहोरो अङ्कले उकालो लाग्यो शेयर बजार


२५ फागुन, काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशमलव ५० मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै आज वृद्धि भएको छ ।

विभिन्न कम्पनीका ४५ लाख ६६ हजार ४३ कित्ता शेयर रू एक र्ब ५६ करोड ५५ लाख ५८ हजार आठ सय दुई मूल्यमा खरिद बिक्री भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब एक अर्ब ३१ करोड ७२ लाख ३८ हजार दुई सय २२ पुगेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको रु सात करोड ८५ लाख ८८ हजार तीन सय १७ बराबरको कारोबार भयो हिमालयन डिस्टिलरी रु पाँच करोड ७३ लाख १७ हजार दुई सय ७१, अरुण काबेली पावर रु चार करोड ७६ लाख ४६ हजार छ सय ८८,नवील बैंक रु तीन करोड ५७ लाख ८५ हजार दुई सय सात र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले रु तीन करोड ४० लाख ६६ हजार चार सय ९९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र परेका छन् ।

नेप्सेका अनुसार शुभम पावर नौ दशमलव ९८, नेपाल इन्स्योरेन्स कम्पनी नौ दशमलव ४४, शिव श्री हाइड्रोपावर आठ दशमलव ५२, अभियान लघुवित्त सात दशमलव ५९ र जोशी हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ४३ प्रतिशतले बढेको छ ।

त्यस्तै, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ पाँच दशमलव ८१, प्राइम बैंकको ऋणपत्र एक दशमलव ९९,सिटिजन म्युचुअल फण्ड पहिलो एक दशमलव ८७, सिटिजन म्युचुअल फण्ड दोस्रो एक दशमलव ७९ र लक्ष्मी उन्नती कोषको मूल्य एक दशमलव ७५ प्रतिशतले घटेको छ ।


प्रकाशित मिति: २५ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?