Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै


कालीकोट। कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो ।

बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ भन्नेबारे जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।

त्यस्तै, तीन पालिकामा तथ्याङ्क सङ्कलनका लागि २७ जना गणक खटाइएको प्लान इन्टरनेशनल नेपाल कर्णाली प्रदेशका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सिनाले जानकारी दिइन् । “बालविवाह, छिटोविवाह जबर्जस्ती विवाह गरिने घटना पछिल्लो चरणमा घट्दो क्रममा पाइएको छ”, उनले भनिन्, “अहिले फिल्डमा हाम्रा गणक साथी खटाएर तथ्याङ्क सङ्कलन गर्न लागिएको छ ।”

तीनवटै पालिकामा सन् २०२३ मा बालविवाहको व्यापकता सर्वेक्षणका लागि स्थानीय तहले गणकलाई परिचालनका लागि स्थानीय सरकारले नै बजेट व्यवस्थापन गरेको नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमल शाहले बताए । “सर्वेक्षणका लागि गाउँपालिकाले रु नौ लाख ४५ हजारको व्यवस्था गरेको छ”, उनले भने, “सर्वेक्षण कार्यका लागि स्थानीय सरकारकोे मुख्य दायित्व रहेको र अन्य सरोकारवालाले केही आर्थिक सहयोग गरेका छन् ।”

कालीकोटमा बालविवाह दर घटेर न्यून भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगतमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षको बीचमा घटेर चार मात्र उजुरी परेको जनाइएको छ । प्रहरीमा निवेदन आएपछि कानुनी कारबाही गर्ने र बालविवाह गर्न लागेका र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सोसम्बन्धी उजुरी घट्दै गएको प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

“गत आर्थिक वर्षमा जम्मा चार उजुरी परेकामा अहिलेसम्म शून्य छ”, उनले भने, “बालविवाहसम्बन्धी जिल्ला प्रहरी कार्यालयमा उजुरी नआउने गरे पनि भित्रभित्रै बालविवाह आफन्तले गाउँमै मिलाउने गरेको देखिन्छ ।”

उक्त जिल्लाका तीनवटै पालिकामा बालविवाह गर्नेको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ । गैरसरकारी संस्था सादा नेपालले गरेको सर्वेक्षण अनुसार सन् २०२० मा ६७ प्रतिशत रहेको बालविवाह, सन् २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ भने २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्याङ्कले देखाएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?