Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै


कालीकोट। कालीकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो ।

बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ भन्नेबारे जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।

त्यस्तै, तीन पालिकामा तथ्याङ्क सङ्कलनका लागि २७ जना गणक खटाइएको प्लान इन्टरनेशनल नेपाल कर्णाली प्रदेशका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सिनाले जानकारी दिइन् । “बालविवाह, छिटोविवाह जबर्जस्ती विवाह गरिने घटना पछिल्लो चरणमा घट्दो क्रममा पाइएको छ”, उनले भनिन्, “अहिले फिल्डमा हाम्रा गणक साथी खटाएर तथ्याङ्क सङ्कलन गर्न लागिएको छ ।”

तीनवटै पालिकामा सन् २०२३ मा बालविवाहको व्यापकता सर्वेक्षणका लागि स्थानीय तहले गणकलाई परिचालनका लागि स्थानीय सरकारले नै बजेट व्यवस्थापन गरेको नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमल शाहले बताए । “सर्वेक्षणका लागि गाउँपालिकाले रु नौ लाख ४५ हजारको व्यवस्था गरेको छ”, उनले भने, “सर्वेक्षण कार्यका लागि स्थानीय सरकारकोे मुख्य दायित्व रहेको र अन्य सरोकारवालाले केही आर्थिक सहयोग गरेका छन् ।”

कालीकोटमा बालविवाह दर घटेर न्यून भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विगतमा प्रहरीमा बालविवाहसम्बन्धी निकै उजुरी आउने गरेको तर दुई वर्षको बीचमा घटेर चार मात्र उजुरी परेको जनाइएको छ । प्रहरीमा निवेदन आएपछि कानुनी कारबाही गर्ने र बालविवाह गर्न लागेका र यसमा संलग्नलाई सम्झाइबुझाइ पठाउने गरेपछि प्रहरीमा सोसम्बन्धी उजुरी घट्दै गएको प्रहरी प्रमुख अर्जुन केसीले बताए ।

“गत आर्थिक वर्षमा जम्मा चार उजुरी परेकामा अहिलेसम्म शून्य छ”, उनले भने, “बालविवाहसम्बन्धी जिल्ला प्रहरी कार्यालयमा उजुरी नआउने गरे पनि भित्रभित्रै बालविवाह आफन्तले गाउँमै मिलाउने गरेको देखिन्छ ।”

उक्त जिल्लाका तीनवटै पालिकामा बालविवाह गर्नेको सङ्ख्यामा कमी आएको तथ्याङ्कले देखाएको छ । गैरसरकारी संस्था सादा नेपालले गरेको सर्वेक्षण अनुसार सन् २०२० मा ६७ प्रतिशत रहेको बालविवाह, सन् २०२१ मा आएर ६१ प्रतिशतमा झरेको छ भने २०२३ मा ५१ प्रतिशतमा झरेको पछिल्लो एक तथ्याङ्कले देखाएको छ ।


प्रकाशित मिति: १ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?